सिरहाका चारै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार

मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीले मतगणनाका लागि सम्पूर्ण तयार पूरा भएको बताए ।

फाल्गुन २१, २०८२

विनय आजाद

Counting stations ready in all four constituencies of Siraha

सिरहा — सिरहाका चारवटै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार भएको छ । मतगणना स्थललाई तार-जालीले घेर्ने, सुरक्षा व्यवस्था मिलाउने लगायतका काम सम्पन्न भएको हो । 

मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीले मतगणनाका लागि सम्पूर्ण तयार पूरा भएको बताए । मतपेटिका मतगणनास्थलमा प्राप्त भइसकेपछि विलम्ब नगरेर सर्वदलीय बैठक, कानुनी प्रक्रिया लगायतका काम सम्पन्न गरी मतगणना सुरु हुने उनले जनाए ।

Counting stations ready in all four constituencies of Siraha

'सर्वदलीय बैठकमा उम्मेदवारका प्रतिनिधिहरूको कुरा पनि सुन्नुपर्ने हुन्छ,' उनले भने, 'तर, यी सबै काम सकाएर विलम्ब नगरी हामी मतगणना प्रक्रियामा प्रवेश गर्छौं ।'

सिरहा-१ का लागि लहान नगरपालिकाको सभाहलमा, सिरहा-२ का लागि धनगढीमाई नगरपालिकाको कार्यालयमा, सिरहा-३ का लागि सिरहा नगरपालिकाको कार्यालयमा र सिरहा-४ का लागि मिर्चैयास्थित रेडक्रसको भवनमा मतगणना स्थल बनाइएको छ ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully