सिरहामा साढे ३ बजेसम्म ६२ प्रतिशत मतदान

चार निर्वाचन क्षेत्र रहेको सिरहामा कुल ४ लाख ५३ हजार ६४५ मतदाता छन् ।

फाल्गुन २१, २०८२

विनय आजाद

62 percent voter turnout in Siraha till 3:30 pm

सिरहा — सिरहामा दिउँसो साढे ३ बजेसम्ममा ६२ प्रतिशत मत खसेको छ । सम्पन्न भएको छ । बिहान ७ बजेदेखि मतदान सुरु भएकोमा साढे ३ बजेसम्म ६२ प्रतिशत हाराहारी मतदान सम्पन्न भएको हो ।

चार निर्वाचन क्षेत्र रहेको सिरहामा कुल ४ लाख ५३ हजार ६४५ मतदाता छन् । सिरहा–१ मा १ लाख ११ हजार ९४९, सिरहा–२ मा १ लाख १५ हजार ७६०, सिरहा–३ मा १ लाख १९ हजार २५० र सिरहा–४ मा १ लाख ६ हजार ६८६ मतदाता छन् ।

जिल्लाका विभिन्न स्थानमा गरी मतदानका लागि ५ सय ३१ मतदान केन्द्र कायम गरिएका छन् । जिल्लाभरमा शान्तिपूर्ण ढंगले मतदान जारी रहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully