सप्तरीमा ३ बजेसम्म ४९ प्रतिशत मत खस्यो

दिउँसो ३ बजेसम्ममा ४९ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय प्रमुख रमेशकुमार जोशीले बताए ।

फाल्गुन २१, २०८२

विद्यानन्द राम

49 percent voter turnout in Saptari till 3 pm

राजविराज — सप्तरीमा दिउँसो ३ बजेसम्म ४९ प्रतिशत मत खसेको छ । यहाँ बिहान ७ बजदेखि उत्साहपूर्ण वातावरणमा मतदान भइरहेको छ ।

दिउँसो ३ बजेसम्ममा ४९ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेशकुमार जोशीले बताए ।

यहाँ कुल ४ लाख ४६ हजार ४०२ जना मतदाता छन् । चार वटा प्रतिनिधिसभा सदस्यका लागि भइरहेको निर्वाचनमा १०२ जना उम्मेदवार मैदानमा छन् ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully