काठमाडौँ — महोत्तरीमा १ सय ८ वर्षीया वृद्धाले मतदान गरेकी छन् ।
महोत्तरी निर्वाचन क्षेत्र ३ अन्तर्गत जलेश्वर नगरपालिकामा १ सय ८ वर्षीया जानकी देवीले मताधिकारको प्रयोग गरेकी हुन् । उनले जलेश्वर-५ मा रहेको पर्सा पतैली मतदान केन्द्रमा मतदान गरेकी हुन् ।