गाडीमा स्रोत नखुलेको नगद बरामद भएपछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको हाे।
सिरहा — सिरहा निर्वाचन क्षेत्र नम्बर ३ का जनता समाजवादी पार्टी, नेपालका प्रतिनिधि सभा सदस्यका उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् । यादव मौन अवधिका बेला नगदसहित पक्राउ हुन् ।
सिरहा सदरमुकामस्थित शिव चोकमा सुरक्षा निकायको संयुक्त चेकजाँचका क्रममा उनी सवार रहेको प्र. २–०२–००१ च ०८७ नम्बरको स्कोरपियो गाडीलाई चेकजाँच गर्दा ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।
गाडीमा स्रोत नखुलेको नगद बरामद भएपछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको छ ।
उनीहरूलाई कानुनी प्रक्रिया पूरा गरेर आवश्यक कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकले जानकारी दिए ।
