रौतहटमा भारतमा दर्ता भएका ४० वटा सवारीसाधन नियन्त्रणमा

जिल्लाको विभिन्न स्थानबाट निर्वाचन आचारसंहिताविपरीत सञ्चालन भएका भारतीय नम्बर प्लेटका मोटरसाइकल, स्कर्पियोलगायतका सवारीसाधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए ।

फाल्गुन २०, २०८२

रासस

40 vehicles registered in India seized in Rautahat

चन्द्रपुर (रौतहट) — प्रहरीले निर्वाचन आचारसंहिताविपरीत सञ्चालन भएका भारतीय नम्बर प्लेटका ४० वटा सवारीसाधन नियन्त्रणमा लिएको छ ।

आज जिल्लाको विभिन्न स्थानबाट निर्वाचन आचारसंहिताविपरीत सञ्चालन भएका भारतीय नम्बर प्लेटका मोटरसाइकल, स्कर्पियोलगायतका सवारीसाधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए ।

यसैगरी प्रहरीले होलीमा मादक पदार्थ सेवन गरी उच्छृङ्खल र अराजक गतिविधि गरी शान्तिसुरक्षामा खलल पारेको आरोपमा छ जनालाई नियन्त्रणमा लिएको छ । मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने तथा अराजक गतिविधि गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रनाउ बस्यालले बताए ।

रासस

Link copied successfully