सिरहामा फागुन १७ देखि निर्वाचन सम्पन्न नहुँदासम्म मदिरा बिक्री र सेवन निषेध

निर्वाचन स्वच्छ, निष्पक्ष, भयमुक्त र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न प्रशासनले जिल्लाभर सार्वजनिक स्थानमा मदिराको बिक्रीवितरण तथा सेवनलाई पूर्ण निषेध गरेको हो ।

फाल्गुन १४, २०८२

विनय आजाद

Sale and consumption of alcohol banned in Siraha from Falgun 5 until election is over

सिरहा — जिल्ला प्रशासन कार्यालय, सिरहाले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै फागुन १७ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिरा बिक्री तथा सेवन निषेध गरेको छ । 

निर्वाचन स्वच्छ, निष्पक्ष, भयमुक्त र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न प्रशासनले जिल्लाभर सार्वजनिक स्थानमा मदिराको बिक्रीवितरण तथा सेवनलाई पूर्ण निषेध गरेको हो । यसलाई कसैले बेवास्ता गरेको भेटिए प्रचलित कानुन बमोजिम कारबाही हुने पनि प्रशासनले जनाएको छ ।

प्रतिनिधिसभा चुनाव यही फागुन २१ गते देशभर हुँदैछ । 

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully