पर्सामा निर्वाचन सुरक्षाका लागि १ सय ६७ मतदानस्थलमा सीसीटीभी जडान

जिल्लाभर रहेका कुल १ सय ६७ वटा मतदानस्थललाई फागुन १७ गतेसम्म सीसीटीभी प्रणालीसँग जोड्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।

फाल्गुन ९, २०८२

शंकर आचार्य

CCTV installed at 167 polling stations in Parsa for election security

पर्सा — आगामी निर्वाचनलाई सुरक्षित, निष्पक्ष तथा व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सुरक्षा व्यवस्था मिलाएको छ।

जिल्लाभर रहेका कुल १ सय ६७ वटा मतदानस्थललाई फागुन १७ गतेसम्म सीसीटीभी प्रणालीसँग जोड्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।

सीसीटीभी प्रणालीमार्फत मतदानस्थलहरूको निरन्तर निगरानी गरी फागुन २१ गते हुने मतदान प्रक्रियालाई थप सुरक्षित, पारदर्शी तथा मर्यादित बनाउने लक्ष्य राखिएको पर्सा प्रहरी प्रवक्ता डिएसपि हरिबहादुर बस्नेतले जानाकारी दिएका छन् ।

उनका अनुसार सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन आवश्यक जनशक्ति परिचालन, नियमित अनुगमन तथा सम्बन्धित निकायहरूसँग समन्वयात्मक कार्यलाई प्राथमिकतामा राखिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले शान्तिपूर्ण तथा मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै सरोकारवाला निकाय र आम नागरिकलाई सहयोग गर्न अनुरोध गरेको छ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully