सिरहाबाट १४ लाख रुपैयाँसहित एक जना पक्राउ

शुक्रबार दिउँसो मोटरसाइकलमा सवार भई बरियारपट्टी हुँदै औरही तर्फ आइरहेका उनलाई प्रहरीले शंका लागेर जाँच गरेको थियो ।

फाल्गुन ८, २०८२

विनय आजाद

One arrested with Rs. 1.4 million from Siraha

सिरहा — सिरहामा १४ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । औरही गाउँपालिका-५ औरही चोकबाट स्रोत नखुलेको १४ लाख रुपैयाँसहित एक जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बरियारपट्टी गाउँपालिका-३ शिवनगरका २१ वर्षीय संजित कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

शुक्रबार दिउँसो मोटरसाइकलमा सवार भई बरियारपट्टी हुँदै औरही तर्फ आइरहेका उनलाई प्रहरीले शंका लागेर जाँच गरेको थियो ।

जाँचका क्रममा उनको साथबाट १ हजारको १४ सय थान नोट बरामद भएको हो । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully