केही समूहले वैवाहिक समारोहमा इँटा र ढुंगा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको हो ।
रौतहट — रौतहटको गौर नगरपालिका- ६ सबगढा टोलमा शुक्रबार दुई पक्षबीच झडप भएको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास प्रहार गरेको छ । अहिले त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । केही सुरक्षाकर्मी घाइते भएका छन् ।
जन्तीको विषयलाई लिएर दुवै पक्षबीच झडप भएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए । 'अहिले अवस्था समान्य बनाउने प्रयास भइरहेको छ,' उनले भने, 'हामी दुवै पक्षलाई सम्झाउने प्रयास गरिरहेका छौं ।'
केही समूहले वैवाहिक समारोहमा इँटा, ढुंगा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको हो ।
