सप्तरी–२ मा आजपाका उम्मेदवारले दिए जन अधिकारलाई समर्थन

मंगलबार सप्तरीको राजविराजमा जन अधिकार पार्टीले घोषणा पत्र सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा दासले मधेशका मुद्दा सबल ढंगले संसदमा राख्नकालागि शिक्षित युवा नै यहाँबाट जितेरै जानुपर्ने मान्यताका कारण आफुले समर्थन दिएको बताए ।

फाल्गुन ५, २०८२

कान्तिपुर संवाददाता

AJP candidate in Saptari-2 supports Jan Adhikar

राजविराज — आगामी फागुन २१ मा हुने निर्वाचनका लागि सप्तरी क्षेत्र नम्बर २ मा आम जनता पार्टी (आजपा)बाट उम्मेदवार सुनिलराज दासले प्रत्यक्षतर्फ जन अधिकार पार्टीलाई समर्थन गर्ने भएका छन् ।

मंगलबार सप्तरीको राजविराजमा जन अधिकार पार्टीले घोषणा पत्र सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा दासले मधेशका मुद्दा सबल ढंगले संसदमा राख्नकालागि शिक्षित युवा नै यहाँबाट जितेरै जानुपर्ने मान्यताका कारण आफुले समर्थन दिएको बताए ।

‘मधेश केन्द्रीत अन्य दलहरुले त स्वर्गीय नेता गजेन्द्रनारायण सिंहको फोटोसमेत राखेको देख्दिन, यहाँका समस्या र मुद्दा के नै उठाउँलान र !,’ उनले भने, ‘उहाँ (शरद सिंह यादव) जस्तो शिक्षित युवाहरु संसदमा हुनुपर्छ ।’

समानुपातिकमा भने आजपाकै लागि भोट माग्ने गरी जन अधिकार पार्टीसँग आन्तरिक सहमति भएको आजपाका जिल्ला इन्चार्जसमेत रहेका दासको भनाइ छ । 

कान्तिपुर

Link copied successfully