१५ दिने माध्यमिकी परिक्रमा सुरु

१५ दिने १ सय २० किलोमिटर लामो धार्मिक परिक्रमा जनकपुरको अन्तरगृह परिक्रमासँगै सकिनेछ । अन्तरगृह परिक्रमा गरेको भोलीपल्ट मात्र जनकपुरमा होली पर्व मनाइन्छ ।

फाल्गुन ४, २०८२

अजित तिवारी

15-day Madhyamiki Parikrama begins

जनकपुर — नेपाल र भारतमा १ सय २० किलोमिटर पदयात्रा गरिने १५ दिने धार्मिक माध्यमिकी परिक्रमा सोमबारदेखि सुरु भएको छ । धनुषाको मिथिला बिहारीस्थित मन्दिरबाट परिक्रमामा जानेको बिदाई गरिएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले १५ दिने परिक्रमामा सहभागी हुनेहरुलाई एक समारोहकाबीच सोमबार बिदाई गरेका हुन् । परिक्रमाको मुख्य आकर्षण डोला उठाएर मुख्यमन्त्री यादवले बिदाई गरेका हुन्।

१५ दिने १ सय २० किलोमिटर लामो धार्मिक परिक्रमा जनकपुरको अन्तरगृह परिक्रमासँगै सकिनेछ । अन्तरगृह परिक्रमा गरेको भोलीपल्ट मात्र जनकपुरमा होली पर्व मनाइन्छ ।

धार्मिक विश्वासअनुसार अन्तरगृह परिक्रमा सकेको अर्को दिन मात्रै जनकपुरमा होली मनाउने परम्परा छ । अन्तरगृह परिक्रमामा भने जनकपुरवासीको पनि उत्साहजनक सहभागिता रहन्छ ।

दु:ख–कष्टबाट मुक्ति र इच्छाएको फल प्राप्त हुने विश्वाससहित परिक्रममा सहभागिता जनाउने गरिएको छ । फागुन औंसीका दिन धनुषाको मिथिलाबिहारी नगरपालिका–८ स्थित मिथिलाबिहारी मन्दिरबाट मिथिला बिहारीको डोलासहित परिक्रमा प्रारम्भ हुन्छ । 

१५ दिने परिक्रममा जनकपुरको हनुमाननगर, विहारको कलनास्थित कल्यानेश्वर, भारतकै फुलहरस्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडै, धुव्रकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही, हुँदै परिक्रमा फेरि भारत प्रवेश गर्छन् । भारतको कलना, विसौल गएर परिक्रमा फेरि जनकपुर प्रवेश गर्छन् । 

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully