सिरहामा एमालेका दुई पूर्वसांसदद्वारा पार्टी परित्याग

उनीहरूले पार्टी विधि, पद्धति र सिद्धान्तबाट विचलित भएको र नेतृत्वमा स्वेच्छाचारिता मौलाएको आरोप लगाएका छन् ।

फाल्गुन २, २०८२

विनय आजाद

सिरहा — सिरहामा एमालेका दुई पूर्वसांसदले पार्टी परित्याग गरेका छन् । गोलबजार नगरपालिकाकी बासिन्दा रहेकी पूर्वसांसद सम्झना थपलिया र जानकीदेवी रामले पार्टी परित्याग गरेकी हुन् ।

थपलिया २०७९ मा समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य भएकी थिइन् भने राम २०७४ मा समानुपातिक सांसद भएकी थिइन् ।

उनीहरूले पार्टी विधि, पद्धति र सिद्धान्तबाट विचलित भएको र नेतृत्वमा स्वेच्छाचारिता मौलाएको आरोप लगाएका छन् ।

उनीहरूसँगै स्थानीय नेता फुलेश्वर नायक, पशुपति साह, लक्ष्मण यादव, वीरेन्द्र सिंहलगायतले पनि आजैदेखि पार्टी छाडेको घोषणा गरेका छन् ।

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully