लागूऔषध मुद्दामा सजाय भोगिरहेका रौतहट चन्द्रपुर नगरपालिका-४ ठाडाटोलका २७ वर्षीय सागर खाती प्रहरी परेका हुन् ।
रौतहट — जेन-जी आन्दोलनका वेला काठमाडौंको जगन्नाथदेवल कारागारबाट फरार एक कैदीलाई सशस्त्र प्रहरीले रौतहटबाट पक्राउ गरेको छ ।
लागूऔषध मुद्दामा सजाय भोगिरहेका रौतहट चन्द्रपुर नगरपालिका-४ ठाडाटोलका २७ वर्षीय सागर खातीलाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
जेन-जी आन्दोलनका वेला खाती फरार भएको प्रहरीले जनाएको छ । फरार रहेका खातीलाई सुरक्षाकर्मीले खोजी गरिरहेको थियो । निर्वाचन क्षेत्र- ४ सुरक्षा बेस, सन्तपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वनाथ जिसीको नेतृत्वमा खटिएको टोलीले खातीलाई चन्द्रनिगाहपुर चोकबाट नियन्त्रणमा लिएको हो ।
खातीलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरमा बुझाइएको सशस्त्र प्रहरी बेस क्याम्प सन्तपुरले जनाएको छ ।
