लागुऔषध गाँजा तथा चरेस मुद्दामा दोषी ठहर भई फरार रहेका पर्सा कालिकामाई गाउँपालिका–३ हरिहरपुर निवासी ४५ वर्षीय ललन पासवानलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
पर्सा — विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेका चितवन भरतपुर महानगरपालिका–२५ निवासी ३६ वर्षीय अपिल बराललाई प्रहरीले बुधबार बिहान करिब साढे ६ बजे जिल्ला प्रहरी कार्यालय पर्साको फैसला कार्यान्वयन टोलीले भरतपुर–९ स्थित बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो । प्रमिला गिरीको जाहेरीका आधारमा दायर मुद्दामा बराललाई १५ लाख ७२ हजार रुपैयाँ जरिवाना र तीन दिन कैदको फैसला भएको थियो ।
त्यस्तै, लागुऔषध गाँजा तथा चरेस मुद्दामा दोषी ठहर भई फरार रहेका पर्सा कालिकामाई गाउँपालिका–३ हरिहरपुर निवासी ४५ वर्षीय ललन पासवानलाई पनि प्रहरीले पक्राउ गरेको छ । पासवानलाई १ वर्ष ६ महिना कैद सजाय तोकिएको थियो ।
उनलाई मंगलबार साँझ करिब साढे ७ बजे वीरगन्ज महानगरपालिका–६ स्थित सडक खण्डबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । दुवैलाई पर्सा जिल्ला अदालतमा दाखिला गरिएको पर्सा प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।
