आमाछोरा हत्या प्रकरण : बुहारी पक्राउ

प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार हत्यामा संलग्न अन्य व्यक्तिका विषयमा पनि अनुसन्धान भइरहेको छ ।

माघ १४, २०८२

लक्ष्मी साह

Mother-son murder case: Daughter-in-law arrested

बारा — बारामा आमाछोरा हत्या प्रकरणमा बुहारी मनिता मण्डल पक्राउ परेकी छन् ।

प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार हत्यामा संलग्न अन्य व्यक्तिका विषयमा पनि अनुसन्धान भइरहेको छ । 

मनितालाई हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको कुँवरले बताए । सोही घरमा रहेकी बुहारीलाई चोटपटक भने छैन ।

बुधबार बिहान एकै परिवारका आमा सुमिन्त्रा र छोरा रामेश्वर मण्डलको धारिलो हतियार प्रयोग गरी हत्या भएपछि गाउँ शोकमग्न छ ।

सुमिन्त्राका श्रीमान् जगरूप महतो र उनकी छोरी रीना कुमारीसमेत घाइते भई एलएस न्यूरो अस्पतालमा भर्ना छन् । घटनास्थल वरिपरि बाक्लो प्रहरी परिचानन गरिएको छ ।

हत्याको कारण भने खुल्न नसकेको प्रहरी उपरीक्षक कुँवरले बताए । तालिम प्राप्त कुकुरको माध्यमले खोजतलास र अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । 

लक्ष्मी साह साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully