पक्राउ पर्नेमा, वीरगन्ज महानगरपालिका– २० बस्ने ३१ वर्षीय अविनाश चौधरी भन्ने सुशीलकुमार सिंह छन् ।
पर्सा — पाँच वर्ष कैद सजाय तोकिएको एक फरार कसुरदारलाई प्रहरीले पक्राउ गरको छ । पक्राउ पर्नेमा, वीरगन्ज महानगरपालिका– २० बस्ने ३१ वर्षीय अविनाश चौधरी भन्ने सुशीलकुमार सिंह छन् ।
उनले २०६७ फागुन २२ गते साविक वीरगन्ज उपमहानगरपालिका-१२ मा साविक वीरगन्ज उपमहानगरपालिका-१३ घर भएका गणेश सरार्फलाई धारिलो हतियार बन्चरो प्रहार गरी घाइते बनाएको अभियोग छ ।
ज्यान मार्ने उद्योग तथा डाँकासम्बन्धी कसूर मुद्दामा पर्सा जिल्ला अदालतबाट उनलाई ५ वर्ष कैद तोकिएको छ । सिंहलाई शनिबार वीरगन्ज–२० स्थित सडकबाट प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । उनलाई जिल्ला अदालतमा बुझाउने कार्य भइरहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।
