राष्ट्रिय सभा निर्वाचन : मधेशमा ठाकुर, कर्ण, पासवान र झा विजयी

यस्तै, जसपा नेपालका नेता महन्थ ठाकुरले ७ हजार ७ सय २५ मत ल्याई विजयी भए । उनका प्रतिद्वन्दी नेकपाका लक्ष्मण पौडेलले १ हजार ८ सय ५मत ल्याए ।

माघ ११, २०८२

अजित तिवारी

National Assembly Election: Thakur, Karna, Paswan and Jha win in Madhesh

जनकपुर — चार सिटका लागि मधेश प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस, एमाले र जसपा नेपालको गठबन्धनका उम्मेदवार विजयी भएका छन् । 

महिला क्लस्टरतर्फ एमालेकी उम्मेदवार रेखा झाले ७ हजार २ सय २२ मत ल्याएर विजयी भएकी छन् । उनको प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार शमीकुमारी अग्रवालले १ हजार ९ सय ४४ मत ल्याएकी छन् । 

अल्पसंख्यक क्लस्टरमा कांग्रेसका रंजित कर्ण विजयी भएका छन् । उनले ८ हजार ९३ मत पाएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपाका रामनन्दन प्रसादले १ हजार ३ सय ६१ मत पाए । 

यस्तै, जसपा नेपालका नेता महन्थ ठाकुरले ७ हजार ७ सय २५ मत ल्याई विजयी भए । उनका प्रतिद्वन्दी नेकपाका लक्ष्मण पौडेलले १ हजार ८ सय ५मत ल्याए । 

दलित क्लस्टरमा कांग्रेसका धर्मेन्द्र पासवान विजयी भएका छन् । पासवानले ७ हजार ९०४ मत ल्याए । उनका प्रतिद्वन्द्वी नेकपाका रामानन्द प्रसादले १ हजार ३७६ मत ल्याए ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully