अब पर्साका चार वटै निर्वाचन क्षेत्रबाट १ सय ७ उम्मेदवार चुनावी मैदानमा छन् ।
पर्सा — पर्साका दुई निर्वाचन क्षेत्रबाट दुई जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् ।
क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी दिएका राजेश्वर साह तेली र क्षेत्र नं ४ बाट पिपुल्स फोर्स पार्टीका फिरोज अन्सारीले उम्मेदवारी फिर्ता लिएका हुन्। विगतमा कांग्रेसबाट मधेश प्रदेशसभा सदस्यमा विजयी भएका तेलीले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।
अब पर्साका चार वटै निर्वाचन क्षेत्रबाट १ सय ७ उम्मेदवार चुनावी मैदानमा छन् । तीमध्ये ६४ जना दलका र ४३ स्वतन्त्र उम्मेदवार छन्। क्षेत्र नम्बर १ मा ३० उम्मेदवार मध्ये १० जना स्वतन्त्र छन् । क्षेत्र २ का ३० उम्मेदवार मध्ये १३ स्वतन्त्र छन्। क्षेत्र ३ मा २३ उम्मेदवार रहेकोमा ९ जना स्वतन्त्र छन् । क्षेत्र ४ मा २३ उम्मेदवारमध्ये ११ जना स्वतन्त्र छन् ।
