मुल गेट खुल्नुअघि नै जानकी मन्दिर पुगे बालेन्द्र, जनकपुरमा सम्बोधन गर्दै

जानकी मन्दिरको गर्भगृहको मुल गेट बिहान ६ बजे खुल्छ । तर, बालेन्द्र त्यसअघि नै जानकी मन्दिर पुगेका थिए ।

माघ ५, २०८२

अजित तिवारी

Balendra reaches Janaki Temple before main gate opens, addresses Janakpur

काठमाडौँ — जनकपुर आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सोमबार बिहानै जानकी मन्दिरमा पूजापाठ गरेका छन् ।  

जानकी मन्दिरको गर्भगृहको मुल गेट बिहान ६ बजे खुल्छ । तर, बालेन्द्र त्यसअघि नै जानकी मन्दिर पुगेका थिए ।

आइतबार साँझ जनकपुर आउँदा उनको समर्थकको धकेलाधकेलले विमानस्थल आगमन कक्षको सिसा फुटेपछि आइतबार साँझ नै जानकी मन्दिरमा पूजापाठ गर्ने उनको तालिका परिवर्तन गरिएको थियो । 

उनीसँग नेता अमरेश सिंह, मन्त्री बब्लु गुप्ता लगायतका नेता–समर्थक जानकी मन्दिर पुगेका थिए । जानकी मन्दिरका उत्तराधिकारी महन्त राम रोशन दासले बालेन्द्रलाई पूजापाठमा सहयोग गरेका थिए । 

जानकी मन्दिरको दर्शनपछि सिधै सिरहाको लहान पुगेका बालेन्द्र मधेश आन्दोलनका क्रममा सहिद भएकाहरुको सालिकमा मल्यार्पण गरेर जनकपुर फर्किएका छन् । 

Balendra reaches Janaki Temple before main gate opens, addresses Janakpur

दिउँसो १ बजेपछि जनकपुरको तिरहुतिया गाँछीमा रास्वपाले आयोजना गरेको परिवर्तनका लागि उद्घोष सभालाई बालेन्द्र, सभापति रवि लामिछानेलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको रास्वपाका प्रवक्ता मनीष झाले जानकारी दिए । 

अजित तिवारी पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully