गुडिरहेको इभी हाइसमा आगलागी

जितपुर सिमरा उपमहानगरपालिका–१६ काटघाटमा प्रदेश १–०१–००१ ख ४७२० नम्बरको गाडी गुडिरहेको अवस्थामा जंगल क्षेत्रमा अचानक आगलागी भएको हो ।

माघ ३, २०८२

लक्ष्मी साह

Fire in a moving EV

बारा — पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया निजगढ सडक खण्डमा गुडिरहेको विद्युतीय गाडी (इभी) मा अचानक आगलागी भएको छ ।

पोखराबाट काँकडभिट्टा तर्फ जाँदै गरेको गाडीमा शनिबार एक्कासी आगलागी भएको हो। 

जितपुर सिमरा उपमहानगरपालिका–१६ काटघाटमा प्रदेश १–०१–००१ ख ४७२० नम्बरको गाडी गुडिरहेको अवस्थामा जंगल क्षेत्रमा अचानक आगलागी भएको हो । 

आगलागीबाट गाडी जलेर पूरै ध्वस्त भए पनि त्यसमा सवार १४ जना यात्रु भने सुरक्षित रहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए।

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully