सानो पाइलाले ताम्बश्री नेपाललाई १० विकेटले पराजित गरेको हो ।
पर्सा — वीरगन्जको हरपतगन्जमा जारी दोस्रो गढीमाई प्रिमियर लिग टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा सानो पाइला पर्सा लगातार दोस्रो खेलमा विजयी भएको छ ।
सानो पाइलाले ताम्बश्री नेपाललाई १० विकेटले पराजित गरेको हो । टस जितेर पहिले व्याटिङ गरेको ताम्बश्री नेपाल १५ ओभर २ बलमा ९० रन बनाएर अलआउट भयो। सामान्य लक्ष्य पछ्याउने क्रममा सानो पाइलाले ९ ओभर २ बलमा सहज जित हात पारेको हो।
सानो पाइलाका सोहेब अख्तर ‘म्यान अफ द म्याच’ घोषित भए । ओपनिङ गरेका उनले २८ बलमा ३ छक्का र ४ चौका प्रहार गर्दै ४३ रन बनाएका थिए ।
