क्यान्सरपीडित बिरामीलाई नि:शुल्क अस्पताल पुर्‍याइरहेका मनकारी चालकलाई अटो सहयोग

सहयोगस्वरूप अटो पाएपछि अर्यालले आफ्नै गाउँका दाता र स्थानीय सरकारले आफूले गरेको कामको उचित मूल्यांकन गरेकामा आभार व्यक्त गरे ।

पुस २९, २०८२

शंकर आचार्य

Auto support for Mankari driver who is taking cancer patients to hospital free of charge

पर्सा — चितवन, भरतपुर आउने क्यान्सरपीडित बिरामीलाई क्यान्सर अस्पतालसम्म आफ्नो अटोमा निःशुल्क सवारी गराउँदै आएका ठोरी गाउँपालिका–१ का मनकारी अटो चालक आकाश अर्याललाई ठोरीका युवा र ठोरी गाँउपालिकाको सहयोगमा अटो प्रदान गरिएको छ ।

लामो समयदेखि बिरामीलाई नि:शुल्क अटो सेवा दिँदै आएका अर्याललाई आफ्नो सेवालाई निरन्तरता दिनका लागि ठोरी गाँउपालिकाले ३ लाख र बाँकी ठोरीका ५४ जना युवाले ३ लाख संकलन गरेर ६ लाख बराबरको अटो सहयोग गरेका हुन् ।

भरतपुरमा आयोजित एक कार्यक्रममा अर्याललाई उक्त अटो हस्तान्तरण गरिएको छ।

यो अभियान ठोरीका युवा व्यवसायी धीरसिंह घिमिरे र सन्तोष श्रेष्ठको नेतृत्वमा भएको हो । सहयोगस्वरूप अटो पाएपछि अर्यालले आफ्नै गाउँका दाता र स्थानीय सरकारले आफूले गरेको कामको उचित मूल्यांकन गरेकामा आभार  व्यक्त गरे ।

हालसम्म आफूले पाँच हजार बिरामीलाई नि:शुल्क सेवा दिइसकेको उनले बताए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully