जबसम्म यहाँको समस्या सम्बोधन हुँदैन, तबसम्म ताला नखुल्ने गोलबजार नगरपालिका-१० का वडाध्यक्ष उपेन्द्र मुखियाले बताए ।
सिरहा — जिल्लाको गोलबजार नगरपालिका-१० स्थित स्वास्थ्य चौकीमा वडाध्यक्षले नै ताला लगाएका छन् । वडाध्यक्ष उपेन्द्र मुखियाले सोमबार स्वास्थ्य चौकीमा तालाबन्दी गरेका हुन् ।
स्वास्थ्य चौकी भए पनि पर्याप्त जनशक्ति नभएको, भएका चिकित्सक पनि समयमा नआउने, सधैं औषधि अभाव हुने तर नगरपालिकामा गुनासो गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर तालाबन्दी गरेको मुखियाले बताए ।
'नागरिकबाट गुनासा नै गुनासा आए, मैले नगरपालिकासँग सहयोग माग्ने हो, तर नगरपालिकाबाट बेवास्ता भयो,' उनले भने, 'बाध्य भएर मैले तालाबन्दी गर्नुपर्यो, जबसम्म यहाँको समस्या सम्बोधन हुँदैन, तबसम्म ताला खुल्दैन ।'
