लायन्स क्लब मिर्चैयाद्वारा विपन्न बस्तीमा सिरक वितरण

नगरपालिकाका १२ वटै वडाका बस्तीहरूमा तीन दिनमा १ सय २२ विपन्न परिवारलाई सिरक उपलब्ध गराइएको क्लबले जनाएको छ।

पुस २५, २०८२

विनय आजाद

Lions Club Mirchaiya distributes sugarcane to poor slums

सिरहा — लायन्स क्लब अफ मिर्चैया सिटीले मिर्चैया नगरपालिकाका विपन्न बस्तीमा सिरक वितरण गरेको छ।

क्लबले नगरभित्रका विभिन्न विपन्न बस्तीहरूमा फाइबर सिरक वितरण गरेको हो।

नगरपालिकाका १२ वटै वडाका बस्तीहरूमा तीन दिनमा १ सय २२ विपन्न परिवारलाई सिरक उपलब्ध गराइएको क्लबले जनाएको छ।

क्लबका संस्थापक अध्यक्ष अशोककुमार साहका अनुसार वडा कार्यालयहरूसँग समन्वय गरी सिरक वितरण गरिएको हो।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully