भेडीहर्वामा सशस्त्र प्रहरीको निःशुल्क आँखा शिविर

शिविरबाट १ सय ७२ जना स्थानीय लाभान्वित भएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी डिएसपी मोहनराज निरौलाले जानकारी दिए।

पुस २५, २०८२

शंकर आचार्य

Armed Police Force's free eye camp in Bhediharwa

पर्सा — छिपहरमाई गाउँपाकिला–२ भेडीहर्वामा २५ औं सशस्त्र प्रहरी दिवसको अवसरमा ‘सीमा बासीसँग सशस्त्र प्रहरी’कार्यक्रम अन्तर्गत निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ।

सीमा क्षेत्रका बासिन्दालाई सहयोग पुर्‍याउने उद्देश्यले शुक्रबार तिलगंगा आँखा प्रतिष्ठान काठमाडाैं, वीरगन्ज सामुदायिक आँखा अस्पताल र लक्ष्मी सनराईज बैंक वीरगन्जसितको सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेड क्वार्टर पर्साको आयोजनामा शिविर सम्पन्न भएको हो ।

शिविरबाट १ सय ७२ जना स्थानीय लाभान्वित भएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी डिएसपी मोहनराज निरौलाले जानकारी दिए। 

शंकर आचार्य

Link copied successfully