एमाले रौतहटले गर्‍यो ८ जनाको नाम सिफारिस

क्षेत्रीय कमिटीबाट सिफारिस भई आएका नामलाई जिल्ला कमिटीले छलफल गरी केन्द्रमा पठाएको रौतहट एमालेले जनाएको छ ।

पुस २०, २०८२

शिव पुरी

UML Rautahat recommends names of 8 people

रौतहट — आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमाले रौतहटले जिल्लाबाट उम्मेदवारको अन्तिम नामावली पार्टी केन्द्रमा पठाएको छ ।

चार निर्वाचन क्षेत्र रहेको रौतहटबाट एमालेले आइतबार आठ जनाको नाम सिफारिस गरी केन्द्रमा पठाएको हो । क्षेत्रीय कमिटीबाट सिफारिस भई आएका नामलाई जिल्ला कमिटीले छलफल गरी केन्द्रमा पठाएको रौतहट एमालेले जनाएको छ । 

जिल्ला कमिटी रौतहटका अनुसार रौतहट निर्वाचन क्षेत्र नं १ बाट पार्टी केन्द्रीय सदस्य अजयकुमार गुप्ताको एकल नाम सिफारिस गरी केन्द्रमा पठाएको छ । क्षेत्रीय कमिटीबाट गुप्ताको नाम सर्वसम्मत  सिफारिस भएपछि जिल्ला कमिटीले एकल नाम पठाएको हो ।

क्षेत्र नं २ बाट शैलेन्द्र साह, मनोज यादव र अबुल कलामको नाम सिफारिस भएको छ । क्षेत्र नं ३ बाट कुन्दन कुशवाहको एकल नाम सिफारिस गरेर केन्द्रमा पठाएको छ । क्षेत्र नं. ४ बाट उद्धवप्रसाद रेग्मी, रामजी साह र आरती भण्डारीको नाम केन्द्रमा पठाइएको छ । 

नेकपा एमाले रौतहटका उपसचिव अवधेश यादवले जिल्लाबाट सबै निर्वाचन क्षेत्रको नामावली केन्द्रमा पठाइसकिएको जानकारी दिए ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully