लहान नगरपालिकाद्वारा विपन्न र दलित बस्तीमा कम्बल वितरण

नगरका विभिन्न बस्तीमा पाँच सय बढी परिवारलाई कम्बल वितरण गर्ने योजना रहेको नगर प्रमुख महेशप्रसाद चौधरीले बताए ।

पुस २०, २०८२

विनय आजाद

Lahan Municipality distributes blankets to poor and Dalit settlements

सिरहा — सिरहाको लहान नगरपालिकाले जाडो छल्न गरिब र विपन्न बस्तीमा कम्बल वितरण गरिरहेको छ ।

नगरपालिकाले विभिन्न बस्तीमा शनिबार र आइतबार मात्रै दुई सय परिवारलाई कम्बल वितरण गरेको हो ।

वडा १२, १७, १८ र २३ का विभिन्न बस्तीका विपन्न र दलित परिवारलाई कम्बल वितरण गरेको नगरपालिकाले जनाएको छ।

नगरका विभिन्न बस्तीमा पाँच सय बढी परिवारलाई कम्बल वितरण गर्ने योजना रहेको नगर प्रमुख महेशप्रसाद चौधरीले बताए ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully