मृत फेला परेका वृद्धको पहिचान खुल्यो

मृतक चन्द्रपुर नगरपालिका-१० मर्धर नयाँबस्तीका ८१ वर्षीय धनबहादुर सुनार रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

पुस १९, २०८२

शिव पुरी

Identity of elderly man found dead revealed

रौतहट — रौतहटको चन्द्रपुर- ४ स्थित पूर्वपश्चिम् राजमार्ग छेउमा शनिबार मृत अवस्थामा फेला परेका वृद्धको पहिचान खुलेको छ ।

मृतक चन्द्रपुर नगरपालिका-१० मर्धर नयाँबस्तीका ८१  वर्षीय धनबहादुर सुनार रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

उनी शुक्रबार बिहान घरमा कोही नभएको मौकामा कसैलाई नभनी निस्केको सुनारका छोरा सुरेशले बताए। उनको शव पोस्टमार्टमको लागि चन्द्रपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully