गाडीमा फर्निचरको तस्करी गर्ने पक्राउ

पर्सागढी नगरपालिका–४ का ४८ वर्षीय उपेन्द्रप्रसाद कुर्मीलाई फर्निचर र गाडीसहित डिभिजन वन कार्यालय पर्साको जिम्मा लगाइएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी राजु कार्कीले बताए ।

पुस १७, २०८२

शंकर आचार्य

Arrest made for smuggling furniture in a vehicle

पर्सा — काठका फर्निचर बनाई अवैध ढंगले सवारी साधनबाट ढुवानी गरिरहेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

वीरगंज महानगरपालिका–२७ दरदर्वामा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले गस्तीका क्रममा पर्सागढी नगरपालिका–४ बस्ने ४८ वर्षीय उपेन्द्रप्रसाद कुर्मीले चलाई ल्याएको ना२च २८३५ नम्बरको पिकअप गाडीमा सालका काठबाट बनाइएका अवैध फर्निचर फेला पारेको हो ।

पिकअप भ्यानबाट सालको चौकस दुई थान, सालको झ्याल दुई थान, अधुरो बक्स प्लाई सेट तीन थान, अधुरो कुर्सी चार थान, डाइनिङ टेबल एक थान फेला परेको थियो ।

कुर्मीलाई फर्निचर र गाडीसहित डिभिजन वन कार्यालय पर्साको जिम्मा लगाइएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी राजु कार्कीले बताए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully