शीतलहरपछि सप्तरीको डाक्नेश्वरीका विद्यालयमा पाँच दिन बिदा

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार मण्डलले आइतबार सूचना जारी गर्दै विद्यालयको पठनपाठनसम्बन्धी कार्य नगर्न/नगराउन सम्पूर्ण विद्यालयलाई जानकारी गराएका हुन् ।

पुस १३, २०८२

विद्यानन्द राम

Five-day holiday for schools in Dakneshwari, Saptari after cold wave

राजविराज — शीतलहरले जाडो बढ्न थालेपछि सप्तरीको डाक्नेश्वरी नगरपालिकाले पाँच दिनका लागि विद्यालय बन्द गरेको छ ।

जाडोले विद्यार्थीको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल प्रभावलाई मध्यनजर गर्दै सोमबारदेखि शुक्रबारसम्मका लागि विद्यालय बन्द गरिएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार मण्डलले आइतबार सूचना जारी गर्दै विद्यालयको पठनपाठनसम्बन्धी कार्य नगर्न/नगराउन सम्पूर्ण विद्यालयलाई जानकारी गराएका हुन् । 

यसअघि जिल्लाको बोदेबरसाईन नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालय पाँच दिनका लागि बन्द गरिएको थियो ।

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully