जनमत पार्टीले क्षेत्र १ देखि ४ सम्मका लागि अध्यक्ष, केन्द्रीय र परिषद सदस्यसहित विभिन्न नेताको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
पर्सा — जनमत पार्टी पर्साले प्रतिनिधि सभाका लागि जिल्लाको चारवटै निर्वाचन क्षेत्रका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम सर्वसम्मतीबाट सिफारिस गरिएको छ ।
क्षेत्र नम्बर न १ बाट प्रत्यक्षतर्फ पार्टी जिल्ला अध्यक्ष एवम् केन्द्रीय सदस्य ओमप्रकाश सरार्फ तथा अर्का केन्द्रीय सदस्य श्याम प्रसाद गुप्ताको नाम सिफारिस गरिएको छ ।
क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ पार्टी राष्ट्रिष्य अध्यक्ष डा सिके राउत, केन्द्रीय सदस्य अनुराग द्विवेदी, केन्द्रीय सदस्य, हरिहर प्रसाद साह, राष्ट्रिय परिषद सदस्य बृजकिसोर प्रसाद कलवारको नाम सिफारिस भएको छ ।
क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष तर्फ केन्द्रीय सदस्य मालति कुमारी कुशवाहा र क्षेत्र नं ४ बाट केन्द्रीय सदस्य सिमा देवी कलवारको नाम सिफारिस भएको जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले जानकारी दिएका छन् ।
