सिन्धुली कारागारमा लागुऔषध मुद्दामा ५ वर्षदेखि कैद सजाय भोगिरहेका हरिवन नगरपालिका–३, डाबरीका बिरेन थिङलाई पक्राउ गरिएको हो । उनी जेन-जी आन्दोलनको क्रममा फरार भएका थिए ।
सर्लाही — जेन-जी आन्दोलनको क्रममा सिन्धुली कारागारबाट फरार कैदीलाई सर्लाही प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ ।
सिन्धुली कारागारमा लागुऔषध मुद्दामा ५ वर्षदेखि कैद सजाय भोगिरहेका हरिवन नगरपालिका–३, डाबरीका बिरेन थिङलाई पक्राउ गरिएको हो । उनी जेन-जी आन्दोलनको क्रममा फरार भएका थिए ।
थिङलाई विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हरिवनबाट प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीको कमाण्डमा खटिएको टोलीले डाबरी क्षेत्रबाट नियन्त्रणमा लिएको हो । उनलाई इलाका प्रहरी कार्यालय हरिवनमा ल्याई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।