गाँजासहित भारतीय युवक पक्राउ

प्रहरीले भारत बिहारको पश्चिम चम्पारण ग्राम नरकटिया वडा नं ११ का २६ वर्षीय सुमित कुमारलाई पक्राउ गरेको हो।

पुस १०, २०८२

शंकर आचार्य

Indian youth arrested with marijuana

पर्सा — प्रहरीले जगर्नाथपुर गाउँपालिकाबाट एक भारतीयलाई लागू औषध गाँजासहित पक्राउ गरेको छ ।

प्रहरीले भारत बिहारको पश्चिम चम्पारण ग्राम नरकटिया वडा नं ११ का २६ वर्षीय सुमित कुमारलाई पक्राउ गरेको हो।

बुधबार दिउँसो २ बजेर १५ मिनेटको समयमा इलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा जगर्नाथपुरबाट जानकीटोला तर्फ आउँदै गरेको बीआर २२ बीएल ०६३२ भारतीय नम्बर प्लेटको मोटरसाइकललाई रोकी कुमारको शरीर खानतलासी गर्दा तीन किलो १ सय २० ग्राम गाँजा प्लास्टिकले शरीरमा बेरिएको अवस्थामा फेला परेको थियो ।

उनको साथबाट भारु २६ हजार पाँच सय समेत फेला परेको थियो ।

शंकर

Link copied successfully