प्रतिनिधिसभा निर्वाचन : सप्तरीबाट राजेन्द्र महतोसहित ६ उम्मेदवार सिफारिस

राष्ट्रिय मुक्ति पार्टी नेपालबाट प्रत्यक्षतर्फ सप्तरी-२ बाट अध्यक्ष महतोसहित केशव झा, महेशप्रसाद यादव र रिणा झा उम्मेदवार सिफारिस भएका छन् ।

पुस १०, २०८२

विद्यानन्द राम

House of Representatives election: 6 candidates, including Rajendra Mahato, recommended from Saptari

राजविराज — राष्ट्रिय मुक्ति पार्टी नेपाल सप्तरी जिल्ला कार्यसमितिले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सप्तरीबाट पार्टी अध्यक्ष राजेन्द्र महतोसहित ६ जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।

क्षेत्रीय समितिबाट भएको सिफारिसअनुसार प्रत्यक्षतर्फ सप्तरी क्षेत्र नम्बर २ बाट अध्यक्ष महतोसहित केशव झा, महेशप्रसाद यादव र रिणा झालाई उम्मेदवार सिफारिस गरिएको हो ।  

समितिले क्षेत्र नम्बर ३ बाट पनि दुई जना उम्मेदवारको नाम सिफारिस गरेको छ । चन्द्रकान्त चौधरी र गजेन्द्रकुमार मण्डललाई उम्मेदवार बनाउने सिफारिस गरिएको जिल्ला कार्यसमितिका अध्यक्ष दीपेन्द्रकुमार चौधरीले जानकारी दिए ।

उनका अनुसार समानुपातिकमा नाम सिफारिस गरिएकाहरूकव सूची गोप्य राखिएको छ । क्षेत्र नम्बर १ र ४ तथा राष्ट्रिय सभाका उम्मेदवारको नाम पछि सिफारिस गरिने चौधरीले बताए ।

क्षेत्र नम्बर २ बाट सिफारिस महेशप्रसाद यादव संविधासभा सदस्य हुन् भने ४ बाट सिफारिस भएका चन्द्रकान्त चौधरी निर्वतमान सांसद हुन् ।   

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully