वीरगन्ज महानगरपालिका–१६ ईनर्वा स्थित पोखरीको डिलमा बेवारिसे अवस्थामा बोराभित्र ७ सय ३८ फाइलमा ११ हजार ६८ ट्याब्लेट नाईट्राभेट फेला पारेको हो ।
पर्सा — सशस्त्र प्रहरीले बिहीबार वीरगन्जबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधि (लागुऔषध) बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेड क्वार्टर वीरगन्जकाे टोलीले वीरगन्ज महानगरपालिका–१६ ईनर्वा स्थित पोखरीको डिलमा बेवारिसे अवस्थामा बोराभित्र ७ सय ३८ फाइलमा ११ हजार ६८ ट्याब्लेट नाईट्राभेट फेला पारेको हो ।
उक्त लागुऔपध आवश्यक कारवाहीका लागि प्रहरी चौकी ईनर्वामा बुझाएको सशस्त्रप्रहरी पर्साका प्रवक्ता डिएसपी विश्वराज योन्जनले जानकारी दिएका छन् ।
