शीतलहरका कारण बोदेबरसाईनका विद्यालय पाँच दिनका लागि बन्द

शितलहरले जीनजीवन प्रभावित भइ बालबालिकालाई विद्यालय आउन जान गर्न असहज भइरहेकाले पुस १३ गतेसम्म सामुदायिक विद्यालय बन्द गरिएको हो ।

पुस ९, २०८२

विद्यानन्द राम

Schools in Bodebarsain closed for five days due to cold wave

राजविराज — बढ्दो शीतलहरका कारण सप्तरीको बोदेबरसाईन नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालय बुधबारदेखि पाँच दिनका लागि बन्द गरिएको छ ।

शितलहरले जीनजीवन प्रभावित भइ बालबालिकालाई विद्यालय आउन जान गर्न असहज भइरहेकाले पुस १३ गतेसम्म सामुदायिक विद्यालय बन्द गरिएको हो ।

नगर प्रमुख आतेशकुमार सिंहले केही दिनदेखि तराई क्षेत्रमा अत्यधिक चिसो बढेको परिस्थितिलाई ध्यानमा राख्दै विद्यालय बन्द गरिएको बताए । उनकाअनुसार बालबालिकाको स्वास्थ्यमा असर नपरोस् भनेर विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully