प्रदेशसभाको आइतबार दिउँसो १ बजे बस्ने बैठकमा सभामुखको निर्वाचन हुनेछ ।
जनकपुर — मधेश प्रदेशमा सभामुख चयनका लागि आइतबार मतदान हुने भएको छ ।
सभामुख पदका लागि सात दलीय गठबन्धनबाट जसपा नेपालका रामआशिष यादव र एमालेबाट त्रिलोकी प्रसादले उम्मेदवारी दिएका छन् ।
प्रदेशसभाको आइतबार दिउँसो १ बजे बस्ने बैठकमा सभामुखको निर्वाचन हुनेछ । सात दलीय गठबन्धनबाट सभामुख पदमा उम्मेदवारी दिएका यादवले आफूसँग बहुमत रहेकाले निर्वाचित हुने दाबी गरेका छन् ।
यादवको उम्मेदवारीमा कांग्रेसका प्रदेश सांसद वीरेन्द्रप्रसाद सिंह समर्थक बनेका छन् ।
पद अनुकुलको आचरण नगरेको भन्दै यसअघिका सभामुख रामचन्द्र मण्डललाई प्रदेशसभाको बैठकबाट पदमुक्त गरिएको थियो ।
