आइतबार रामनगर मिर्चैया उद्योग वाणिज्य संघले कान्तिपुरकर्मी आजादलाई सम्मान गरेको हो ।
सिरहा — कान्तिपुरका सिरहा संवाददाता विनय आजाद सम्मानित भएका छन् । आइतबार रामनगर मिर्चैया उद्योग वाणिज्य संघले कान्तिपुरकर्मी आजादलाई सम्मान गरेको हो ।
सार्क उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल, मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवणकुमार यादव र रामनगर मिर्चैया उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हरिशंकर साहले संयुक्त रूपमा आजादलाई सम्मान पत्र हस्तान्तरण गरे ।
आजादले जिल्लाको व्यावसायिक विकाससँगै सुशासन र समृद्धिका लागि निष्पक्ष र निर्भीक ढंगले पत्रकारितामार्फत् महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको भन्दै सम्मान गरिएको संघले जनाएको छ ।
मिर्चैयामा हालै सम्पन्न उद्योग वाणिज्य संघको निर्वाचनबाट नवनिर्वाचित पदाधिकारीले आजदेखि पदभारसमेत ग्रहण गरेका छन्।
