कांग्रेसमा रौतहट–१ बाट मुख्यमन्त्री कृष्णा यादव र ४ बाट निवर्तमान सांसद देवप्रसाद तिमल्सिना सिफारिस

नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशनअनुसार प्रतिनिधिसभा निर्वाचनका लागि रौतहटबाट उम्मेदवारहरूको नाम सिफारिस गरिएको हो ।

पुस ५, २०८२

शिव पुरी

Chief Minister Krishna Yadav and outgoing MP Dev Prasad Timalsina recommended for Rautahat-1 and 4 respectively in Nepali Congress

What you should know

रौतहट — आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागी नेपाली कांग्रेस क्षेत्रीय समिति १ ले मुख्यमन्त्री कृष्णप्रसाद यादवसहित चार जनाको नाम सिफारिस गरेको छ । त्यस्तै, क्षेत्र नम्बर ४ ले निवर्तमान सांसद देवप्रसाद तिमल्सिनासहित तीन जनाको नाम सिफारिस गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशनअनुसार प्रतिनिधिसभा निर्वाचनका लागि रौतहटबाट उम्मेदवारहरूको नाम सिफारिस गरिएको हो । 

नेपाली कांग्रेस १ नम्बर क्षेत्रीय समितिको निर्णयअनुसार जिल्ला समितिलाई पठाइएको सिफारिसमा प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रिय सभा तर्फका उम्मेदवारहरूको नाम समावेश गरिएको छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ बाट मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, रामेश्वर प्रसाद यादव, नितेशकुमार गुप्ता र सन्तु यादव सिफारिस भएका छन् । समानुपातिकतर्फ जनजाति, मधेशी, महिला, मुस्लिम, अल्पसंख्यक तथा खुल्ला समूहबाट बिन्दु साहनी, रामकपाल यादव, शान्ति देवी, भुवन गिरि क्षेत्री, शहनाज खातुन, निरजित सिंह, विवेक रवि र विजय सिंहको नाम सिफारिस भएको छ । 

राष्ट्रिय सभा सदस्यका लागि चिरञ्जीवी प्रसाद सिंह (अल्पसंख्यक/खुल्ला) र नरेन्द्र पासवान (दलित) सिफारिस भएको क्षेत्रीय सभापति श्रीराम यादवले जानकारी दिए ।

क्षेत्र नम्बर ४ को समितिले प्रत्यक्ष तर्फ निवर्तमान सांसद देवप्रसाद तिमल्सिना सहित पवन यादव र महिला तर्फ मिसुन खातुनको नाम सिफारिस गरेको छ । क्षेत्रीय सभापति रामस्नेही यादवका अनुसार समानुपातिक तर्फ सपुतबहादुर कार्की र गीता भारतीको नाम सिफारिस भएको छ । राष्ट्रियसभा तर्फ ढोराई चौधरी, रामकृष्ण चौधरी र लक्ष्मी बरालको नाम सिफारिस भएको अध्यक्ष यादवले जानकारी दिए । क्षेत्र नम्बर ३ को नाम सिफारिस हुन बाँकी रहेको कांग्रेसको जिल्ला समितिले जनाएको छ । 

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully