सात दलका ७७ जना सांसदको समर्थनमा कांग्रेसका संसदीय दलका नेता यादव गत मंसिर १९ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।
जनकपुर — मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार अपराह्न विश्वासको मत पाएका छन् । सात दलको समर्थनमा मुख्यमन्त्री बनेका यादवको विश्वासको मतको पक्षमा ९२ मत खसे ।
मुख्यमन्त्री यादवलाई नेकपा एमाले, राप्रपा र नेपाल संघीय समाजवादी पार्टीले पनि विश्वासको मत दिएका छन् । सात दलका ७७ जना सांसदको समर्थनमा कांग्रेसका संसदीय दलका नेता यादव गत मंसिर १९ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।
प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को २ बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ । यादव मुख्यमन्त्रीमा नियुक्त भएको १५ दिनपछि विश्वासको मत लिए ।
