जेसीजको महाधिवेशन उद्घाटन जापानका नागरिक जेसीआईका उपाध्यक्ष सुजुकीले गर्ने नेपाल जेसीजको अध्यक्ष रजनी थापाले जानकारी दिइन् ।
जनकपुर — नेपाल जेसीजको ५२ औं महाधिवेशन शुक्रबारदेखि जनकपुरमा सुरु हुँदै छ । जनकपुरको तिरहुतीया गाछिमा महाधिवेशनका लागि विशाल पण्डाल निर्माण गरिएको छ ।
जेसीजको महाधिवेशन उद्घाटन जापानका नागरिक जेसीआईका उपाध्यक्ष सुजुकीले गर्ने नेपाल जेसीजको अध्यक्ष रजनी थापाले जानकारी दिइन् । बिहीबार अपराह्न आयोजना गरिएको पत्रकार सम्मेलनमा थापाले महाधिवेशनको सबै तयारी पूरा भएको जानकारी दिइन् ।
उनले महाधिवेशनमा देशभरिका १७४ शाखाका ५ हजार प्रतिनिधिको सहभागिता रहने बताइन् ।
नेपाल जेसीजको उपाध्यक्ष गणेश सापकोटाले जनकपुरमा जेसीजको यो ५२ औं महाधिवेशन हुन लागेकोमा खुसी व्यक्त गरे ।
जेसीजको उपाध्यक्ष सुमित्रा भट्टाराईले महाधिवेशनले सन् २०२६ का लागि नयाँ नेतृत्व चयन गर्ने बताइन् ।
जनकपुर जेसीजको अध्यक्ष मुकेशकुमार शाहले महाधिवेशनमा सहभागी हुन आउनेलाई स्वागत गर्न आतुर रहेको बताए ।
