मधेशमा थपिए दुई मन्त्री 

लोसपाबाट प्रदेश सांसद रानी तिवारीलाई शिक्षा तथा संस्कृति मन्त्रालय र नेपाली कम्युनिस्ट पार्टीका जवाहर कुशवाहालाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी

मंसिर २९, २०८२

अजित तिवारी

Two ministers added to Madhesh

जनकपुर — मधेश प्रदेश सरकारमा सोमबार दुई जना मन्त्री थपिएका छन्।  प्रदेश प्रमुख सुरेन्द्र लाभले नव नियुक्त मन्त्रीलाई अहिले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

लोसपाबाट प्रदेश सांसद रानी तिवारीलाई शिक्षा तथा संस्कृति मन्त्रालय र नेपाली कम्युनिस्ट पार्टीका जवाहर कुशवाहालाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्री कृष्णप्रसाद यादवको सचिवालयले जनाएको छ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully