मोटरसाइकलको लेगाडमा राखेको ११ लाख ४७ हजार रुपैयाँसहित चालक बारा सिमरौनगढ नगरपालिका–११ भवानीपुरका ३६ वर्षीय मुन्नाप्रसाद जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी गौरका डीएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिए ।
रौतहट — स्रोत नखुलेको रकमसहित रौतहट प्रहरीले शुक्रबार एकजनालाई पक्राउ गरेको छ ।
हरनैयाबाट देवाहीतर्फ जाँदै गरेको म.प्र.–०३–०३३प ३११० नम्बरको मोटरसाइकलको लेगाडमा राखेको ११ लाख ४७ हजार रुपैयाँसहित चालक बारा सिमरौनगढ नगरपालिका–११ भवानीपुरका ३६ वर्षीय मुन्नाप्रसाद जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी गौरका डीएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिए ।
‘पक्राउ परेका जैसवालले कहाँबाट रकम ल्याएको भन्ने खुलेको छैन,’ उनले भने, ‘हामी अनुसन्धान गर्दै छौं । स्रोत खुलाउन नसकेपछि जैसवाललाई नियन्त्रणमा लिएका हौं ।’
जाँचको क्रममा प्रहरीले जैसवालसित रकमबारे सोधपुछ गरेको थियो । उनले रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले तत्कालै नियन्त्रणमा लिई अनुसन्धान थालेको जनाएको छ ।
