पर्साको विन्दवासिनीमा जिउ मास्ने बेच्ने अभियोगमा संलग्न सुरेशप्रसाद कलवार २० वर्षदेखि फरार रहेको प्रहरीले पुष्टि गरेको छ।
पर्सा — प्रहरीले २० वर्षदेखि फरार जिउ मास्ने बेच्नेसम्बन्धी कसुरमा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१९ नगवाका ४५ वर्षीय सुरेशप्रसाद कलवार छन्। प्रहरीले उनलाई विशेष सूचनाको आधारमा आइतबार साँझ पौने ५ बजे वीरगन्ज महानगरपालिका–९ सडकबाट पक्राउ गरेको हो।
पर्सा साबिक विन्दवासिनी गाविस- ६ बस्ने बृजेशप्रसाद कलवारको २०६२ चैत १७ गतेको जाहेरीले वादी नेपाल सरकार, प्रतिवादी सुरेशप्रसाद कलवार समेत रहेको जिउ मास्ने बेच्ने सम्बन्धी कसुर मुद्दामा उनी संलग्न रही वारदातपछि २० वर्षदेखि हालसम्म फरार रहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन्।
कलवार उपर जिउ मास्ने बेच्ने सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको उनले बताए।
