मधेश प्रदेशका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

आइतबार मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथ सकिएलगत्तै तीन जना मन्त्रीले पनि शपथ ग्रहण गरेका हुन् ।

मंसिर २१, २०८२

कमलेश ठाकुर

Three newly appointed ministers of Madhesh Province take oath

जनकपुरधाम — मधेश प्रदेश सरकारका तीनजना मन्त्रीले शपथ ग्रहण गरेका छन् ।

आइतबार मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथ सकिएलगत्तै तीन जना मन्त्रीले पनि शपथ ग्रहण गरेका हुन् ।

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपाली कांग्रेसका जंगीलाल राय यादव र नेकपा एकीकृत समाजवादी कनिश पटेललाई बिना विभागीय मन्त्रीको रूपमा शपथ खुवाएका छन् भने जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवलाई अर्थमन्त्रीको शपथ खुवाए । 

बाँकी मन्त्रलायको टुंगो विश्वासको मत पाएपछि गर्ने सरकारको तयारी छ । गत शुक्रबार यादव मुख्यमन्त्री नियुक्त भएका थिए ।

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully