लामो रस्साकस्सीपछि शुक्रबार दिउँसो ७ दलका नेताहरूले कांग्रेसलाई मुख्यमन्त्री दिने सहमति गरेका हुन् ।
जनकपुरधाम — सात दलीय गठबन्धनले मुख्यमन्त्री कांग्रेसलाई दिने सहमति गरेको छ। लामो रस्साकस्सीपछि शुक्रबार दिउँसो ७ दलका नेताहरूले कांग्रेसलाई मुख्यमन्त्री दिने सहमति गरेका हुन् । उनीहरूले केही समयपछि दाबी पेस गर्न लागेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मुख्यमन्त्रीमा दाबी छोडेपछि कांग्रेसले मुख्यमन्त्री पाएको हो । कांग्रेसले मुख्यमन्त्रीमा संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई अगाडि सारेका छन्।
लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेशसभा सदस्य उपेन्द्र महतोले सहमति भएको जानकारी दिए । उनका अनुसार लोसपाले दाबी छोडेपछि सहमति भएको हो ।
