एक भारतीयसहित तीन जना पक्राउ 

मोटरसाइकलसहित पक्राउ परेका तीनै जनालाई अनुसन्धान तथा कारबाहीका लागि प्रहरीलाई जिम्मा लगाएको छ ।

मंसिर १६, २०८२

शिव पुरी

Three people, including an Indian, arrested

रौतहट — रौतहटको ईशनाथ नगरपालिका–४ लतमरी सीमाक्षेत्रबाट मंगलबार सशस्त्र प्रहरीले नक्कली नेपाली नोटसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक भारतीय नागरिक पनि छन् ।

सशस्त्र प्रहरी बल नेपाल, बीओपी औरैयाबाट खटिएको टोलीले भारतबाट नेपाल आउँदै गरेको वीआर ०५ एटी ०९८३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा भारत पूर्वी चम्पारण चैनपुर ग्राम पञ्चायतका जयप्रकाश कुमार, रौतहटको  देवाही गोनाही नगरपालिका–४ का  गोनालाल राउत र अजय पटेललाई पक्राउ गरेको सशस्त्र प्रहरी गौरले जनाएको छ । उनीहरुको साथबाट १ हजार दरका ११७ थान नक्कली नोट बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११  गण हेडक्वाटर गौरले जनाएको छ ।

मोटरसाइकलसहित पक्राउ परेका तीनै जनालाई अनुसन्धान तथा कारबाहीका लागि प्रहरीलाई जिम्मा लगाएको छ । प्रहरीले पक्राउ परेकाहरुबारे अनुसन्धान सुरु गर्ने जनायो ।

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully