सर्वोच्चको 'डेडलाइन' सकिँदै, मुख्यमन्त्री यादव पत्रकार सम्मेलन गर्दै

मुख्यमन्त्री यादवले पत्रकार सम्मेलनमार्फत नै राजीनामा गर्ने अड्कल गरिएको छ ।

मंसिर १६, २०८२

अजित तिवारी

Supreme Court's 'deadline' is approaching, Chief Minister Yadav holds press conference

जनकपुर — सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परामादेश जारी गरेको समय घर्किन लाग्दा मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले अहिले अपराह्न साढे ५ बजे पत्रकार सम्मेलनको आयोजना गरेका छन् । 

मधेश प्रदेश सरकारको मुख्यालय रहेको जनकपुर चुरोट कारखानास्थित मुख्यमन्त्रीको सरकारी निवासमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

मुख्यमन्त्री यादवले विश्वासको मतका लागि प्रदेशसभा सचिवालयमा अझै पत्र नपठाएपछि विपक्षी सात दलको आग्रहमा उपसभामुख बबिता राउत ईसरले कार्यपरामर्श समितिको बैठक बोलाएकी छन् । कार्यपरामर्श समितिको बैठकमा प्रदेशसभा बैठकको कार्यसूची तय गर्ने चलन छ । 

मुख्यमन्त्री यादवले पत्रकार सम्मेलनमार्फत नै राजीनामा गर्ने अड्कल गरिएको छ । तर, मंगलबार बिहान एमालेको प्रदेश कमिटी र दलका नेता, उपनेता र सचेतकसहितको बैठकमा विश्वासको मत फेस गर्न मुख्यमन्त्री यादवलाई भनिएको थियो । 

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully