सीमामा कडाइ गर्दै सिरहा प्रशासनले भन्यो - जिल्लामा शंकास्पद व्यक्ति भेटिए खबर गर्नू

जिल्ला प्रशासन कार्यालय, सिरहाले मंगलबार सूचना जारी गर्दै परिचय नखुलेका व्यक्ति अवैध ढंगबाट जिल्लाभित्र प्रवेश गर्न सक्ने भन्दै सीमामा कडाइ गरिएको जनाएको छ ।

मंसिर १६, २०८२

विनय आजाद

Siraha administration tightens border restrictions, says - Report any suspicious person found in the district

सिरहा — सिरहा प्रशासनले जिल्लाका सीमा नाकामा कडाइ गरेको छ । प्रशासनले सुरक्षा सतर्कता बढाउँदै नेपाल-भारत सीमामा कडाइ गरेको हो ।

जिल्ला प्रशासन कार्यालय, सिरहाले मंगलबार सूचना जारी गर्दै परिचय नखुलेका व्यक्ति अवैध ढंगबाट जिल्लाभित्र प्रवेश गर्न सक्ने भन्दै सीमामा कडाइ गरिएको जनाएको छ ।

जिल्लाभित्र शंकास्पद व्यक्ति प्रवेश गरेको अवस्थामा नजिकको सुरक्षा निकायमा खबर गर्न पनि प्रशासनले आग्रह गरेको छ । यस्तै, कुनै पनि परिचय नखुलेका व्यक्तिलाई घरमा बसोबास गर्न नदिन र कुनै कामकाजमा नलगाउन पनि प्रशासनको आग्रह छ ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully